काठमाण्डौ । बाढीले डाइभर्सन बगाएपछि हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ अवरूद्ध भएको छ ।
गएरातिको पानीले बागमती खोलामा बाढी आएर डाइभर्सन बगाएपछि सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका ८ र ललितपुरको बागमती गाउँपालिका २ को सिमाना रहेको बागमती खोलामा बनाइएको डाइभर्सनबाट गाडी सञ्चालन हुँदै आएको थियो ।
अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।