काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले मन्त्रीहरू संसदमा भिडियो गेम खेलेर बस्ने गरेको आरोप लगाएकी छिन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् । उनले संसद ढाँट्ने थलो रहेको महसुस भएको बताइन्। उनले संसद आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेको भन्दै संसद जत्तिको निरस ठाउँ अरु नरहेको बताइन्।
उनले बोल्ने तर बोलेका कुराहरू नसुन्ने ठाउँ संसद रहेको भन्दै सरकारले जनतालाई सांसदहरूमार्फत ढाँट्ने गरेको बताइन्। मन्त्रालयगत बजेटको बाँडफाँड भइसकेपछि राष्ट्रपतिबाट नीति तथा कार्यक्रम ल्याउने नाटक गरिएको बताइन्।
सांसद कार्कीले सरकार निरंकुश भइरहेको बताइन्। संविधानको धारा २७० निलम्बित भएको हो ? भन्दै प्रश्न गरिन्। सामाजिक सञ्जालमा लेखेकै भरमा थुन्नु गणतन्त्र हो ? भन्दै प्रश्न गरिन्। संसदीय व्यवस्थालाई पुनः विचार गर्नुपर्ने समय आएको बताइन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।