काठमाडौं । दसगजा क्षेत्रमा शंकास्पद गतिविधि गरेको आरोपमा एक जना चिनियाँ नागरिकसहित दुई जना नेपाली पक्राउ परेका छन । सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित सीमावर्ती क्षेत्रमा शंकास्पद गतिविधिपछि उनिहरुलाई पक्राउ गरिएको बताइएको छ ।
उनिहरुलाई बरियारपट्टीको दसगजा क्षेत्र नजिक भारततर्फको फोटो खिचिरहेको अवस्थामा भारतीय सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने चिनियाँ नागरिक यु सिचाओ रहेको उल्लेख गरिएको छ ।
शुक्रबार दिउँसो उनिहरुलाई नियन्त्रणमा लिएको र अनुसन्धान पछि नेपाली नागरिक हरुलाई रिहा गरिएको स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।