नयाँ दिल्ली । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भारत र पाकिस्तानबीच कश्मीर मुद्दामा ‘डील’ गराउने इच्छा व्यक्त गरेपछि भारतले कूटनीतिक रूपमा स्पष्ट सन्देश दिंदै उक्त प्रस्तावलाई पूर्ण रूपमा अस्विकार गरेको छ। भारतले फेरि एकपटक प्रमाणित गरिदिएको छ कि कश्मीर भारतको आन्तरिक मामिला हो, र यस विषयमा कुनै पनि तेस्रो पक्षीय हस्तक्षेप स्वीकार्य छैन।
पूर्वराष्ट्रपति ट्रम्पले अमेरिकी राजनीतिक मंचबाट कश्मीरलाई लिएर दिएको अभिव्यक्ति विशुद्ध रूपमा चुनावी र प्रचारमूलक रणनीति भएको भारतले बुझेको छ। तर भारतले यथार्थमा आफ्नो परिपक्व विदेश नीति र राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राख्दै सो प्रस्तावलाई तुरुन्तै खारेज गरेको हो। भारतीय विदेश मन्त्रालयले स्पष्ट भन्यो—"भारत कुनै पनि प्रकारको मध्यस्थता स्वीकार गर्दैन। कश्मीर भारतको अभिन्न हिस्सा हो र यो कुरामा कुनै बहस हुने ठाउँ छैन।"
भारतको यो दृढ र स्पष्ट स्ट्यान्डलाई विश्वभरि राष्ट्रवाद, कूटनीतिक चातुर्यता र राजनीतिक स्थायित्वको नमूनाका रूपमा हेरिएको छ। अहिलेको भारत न केवल क्षेत्रीय शक्ति हो, यो अन्तर्राष्ट्रिय मञ्चमा पनि आत्मविश्वासका साथ उभिन सक्षम राष्ट्र बनेको छ।
यता पाकिस्तान भने कश्मीरको नाममा अन्तर्राष्ट्रिय समर्थन खोज्ने पुरानै शैली दोहोराइरहेको छ। तर भारतले बलियो सैन्य, कूटनीतिक र आर्थिक हैसियतका साथ कुनै पनि दबाब वा चुत्कारालाई अस्वीकार गरिदिएको छ। भारतको अपरेसन सिन्दूर, आतङ्कवादविरुद्धको नीतिगत कडाइ, र कूटनीतिक चातुर्यले भारतलाई अब केवल प्रतिक्रिया दिने होइन, एजेन्डा निर्माण गर्ने राष्ट्र बनाइसकेको छ।
भारतको यो अभिव्यक्ति केवल एउटा बयान होइन—यो स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय एकताको आवाज हो, जसले विश्वलाई सन्देश दिएको छ कि भारत आफ्ना हितमा सम्झौता गर्दैन, बलिदान गर्छ तर झुक्दैन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।