आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चैत मसान्तसम्मको अन्तिम मतदाता नामावली प्रकाशित

चैत मसान्तसम्मको अन्तिम मतदाता नामावली प्रकाशित

  • मिडिया डबली डेक्स
  • बिहिवार, जेठ २ २०८२

  • 810
    SHARES

  • चैत मसान्तसम्मको अन्तिम मतदाता नामावली प्रकाशित

    काठमाण्डौ । निर्वाचन आयोगले गएको चैत मसान्तसम्म १८ वर्ष उमेर पूरा गरेका नागरिकहरूको विवरण अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ ।

    यसअनुसार महिला मतदाता ८९ लाख १० हजार आठ सय ९६ र पुरुष मतदाता ९२ लाख ३७ हजार पाँच सय ७२ तथा अन्य मतदाता एक सय ८६ गरी एक करोड ८१ लाख ४८ हजार ६ सय ५४ मतदाता अन्तिम मतदाता नामावलीमा समावेश रहेको आयोगले जनाएको छ ।

    यसअघि गएको कात्तिक २६ मा प्रकाशित मतदाता नामावलीअनुसार महिला मतदाता ८९ लाख ३ हजार एक सय ९७, पुरुष मतदाता ९२ लाख २५ हजार चार ४८ र अन्य मतदाता एक सय ८७ गरी जम्मा एक करोड ८१ लाख २८ हजार आठ सय ३२ मतदाता थिए ।

    विगतमा प्रकाशित मतदाता नामावलीभन्दा अहिले प्रकाशित मतदाता नामावलीमा महिला मतदाता ७ हजार ६सय ९९ र पुरुष मतदाता १२ हजार एक सय २४ गरी जम्मा १९ हजार आठ सय २२ जना मतदाता थप भएको आयोगले जनाएको छ ।

    आफ्नो मतदाता नामावली आयोगको वेवसाइट www.election.gov.np मा हेर्न सकिनेछ । साथै मतदाता नामावलीमा नाम नभएका र नागरिकता प्राप्त गरेका व्यक्तिले मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्ने तथा मतदाता नामावलीमा नाम भएका मतदाताले आफ्नो विवरण अद्यावधिक गर्नुपर्ने भएमा अनलाइन तथा सम्बन्धित निर्वाचन कार्यालय मार्फत निरन्तर रूपमा गर्न सकिने समेत आयोगले जानकारी दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ २ २०८२०९:१२:५५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend