आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गभर्नर सिफारिश समिति पुनर्गठन

गभर्नर सिफारिश समिति पुनर्गठन

  • मिडिया डबली डेक्स
  • बिहिवार, जेठ २ २०८२

  • 669
    SHARES

  • गभर्नर सिफारिश समिति पुनर्गठन

    काठमाण्डौ । सरकारले उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजकत्वमा रहेको गभर्नर सिफारिश समिति पुनर्गठन गरेको छ ।

    पुनर्गठन गरिएको समिति सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा.पोषराज पाण्डे रहेका छन् ।

    यसअघि समितिबाट विश्व पौडेलले राजीनामा दिनुभएको थियो । नेपाली कांग्रेसले गभर्नरको रुपमा अघि सारेपछि पौडेलले राजीनामा दिनुभएको हो । उहाँको ठाउँमा पाण्डेलाई समिति सदस्यमा नियुक्त गरिएको छ ।

    त्यसअघि पूर्व गभर्नर विजयनाथ भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य रहेका थिए । एक महिनासम्म एउटा बैठकसमेत बस्न नसकेपछि भट्टराईले समितिबाट राजीनामा दिनुभएको थियो ।

    मन्त्रिपरिषद्ले गएको चैत ११ गते उपप्रधान एवम् अर्थमन्त्री पौडेलको संयोजकत्वमा सिफारिश समिति गठन गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ २ २०८२०७:१९:४३

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend