काठमाडौं । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली हुने सम्भावना रहेको छ ।
आज देशका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा, थोरै ठाउँमा चट्याङसहित वर्षा, एक/दुई ठाउँमा हिमपातसहित वर्षा र केही ठाउँमा हावाहुरीको सम्भावना पनि रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार ती प्रदेशका एक/दुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना पनि रहेको छ ।
देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने हावाहुरीको सम्भावना रहेको छ ।
आज राति पनि कोशी, बागमती र गण्डकीका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग् सहित हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हिमपातसहित हल्का वर्षाको सम्भावना हरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।