आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रि-बजेट छलफलको समय निर्धारण, सत्तापक्षलाई १२ घण्टा समय दिँदा प्रतिपक्षलाई ६ घण्टा

प्रि-बजेट छलफलको समय निर्धारण, सत्तापक्षलाई १२ घण्टा समय दिँदा प्रतिपक्षलाई ६ घण्टा

  • मिडिया डबली डेक्स
  • मंगलवार, बैशाख ३० २०८२

  • 531
    SHARES

  • प्रि-बजेट छलफलको  समय निर्धारण, सत्तापक्षलाई १२ घण्टा समय दिँदा प्रतिपक्षलाई ६ घण्टा

    काठमाडौं । प्रतिनिधि सभाले प्रि-बजेट छलफलका निम्ति समय निर्धारण गरेको छ । आज, भोलि, जेठ १ गते र जेठ दुई गते गरी चार दिन छलफल हुनेछ । चार दिनमा १८ घण्टा छलफल गर्ने गरी समय निर्धारण गरिएको छ । पहिलो दिन आज ४ घण्टा, भोलि ५ घण्टा, जेठ १ गते ४ घण्टा र जेठ २ गते ५ घण्टा छलफल हुनेछ ।

    जम्मा १८ घण्टा छलफल हुनेछ । यसमा नेपाली कांग्रेस र नेकपा एमालेलाई ५/५ घण्टा समय पाएका छन् ।

    माओवादी केन्द्रले २ घण्टा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ८२ मिनेट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५० मिनेट पाएका छन् ।

    एकीकृत समाजवादीले ४० मिनेट, जनता समाजवादी पार्टीले २८ मिनेट, जनमत पार्टीले २४ मिनेट, जनता समाजवादी नेपालले २० मिनेट, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १६ मिनेट, नागरिक उन्मुक्ति पार्टीले १६ मिनेट समय पाएका छन् ।

    नेपाल मजदुर किसान पार्टीले ५ मिनेट, राष्ट्रिय जनमोर्चाले ५ मिनेट, आम जनता पार्टीले ५ मिनेट र दुई जना स्वतन्त्र सांसदले ५/५ मिनेट पाएका छन् ।

    हाल सरकारलाई समर्थन गर्ने दलको संख्या ७ छ । यी दलले पाएको जम्मा समय ७६० मिनेट छ । यो १२ घण्टा केही बढी समय हो ।

    जम्म समय १०८३ मिनेट छुट्याइएको छ । बाँकी ३२३ मिनेट प्रतिपक्षमा रहेका दलले पाएका छन् । जुन ६ घण्टा भन्दा केही कम हुन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख ३० २०८२११:४२:४०

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend