आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

युद्धविराम पछि वार्ता : भारत-पाकिस्तानले एक–अर्का देशविरुद्ध एक गोली पनि नचलाउने

युद्धविराम पछि वार्ता : भारत-पाकिस्तानले एक–अर्का देशविरुद्ध एक गोली पनि नचलाउने

  • एजेन्सी
  • मंगलवार, बैशाख ३० २०८२

  • 1.1K
    SHARES

  • युद्धविराम पछि वार्ता : भारत-पाकिस्तानले एक–अर्का देशविरुद्ध एक गोली पनि नचलाउने

    काठमाडौं । भारत पाकिस्तानबीचको युद्धविराम पछि दुई देशका डाइरेक्टर जनरल अफ मिलिट्री अपरेशन्स डीजीएमओबीच वार्ता भएको छ। 

    हिजो साँझ भएको वार्तामा एक–अर्का देशविरुद्ध एक गोली पनि नचलाउने र कुनै पनि प्रकारको आक्रामकता सुरु नगर्नेबारे छलफल भएको छ। 

    यस्तै सीमा क्षेत्र र अग्रमोर्चाबाट तत्कालै सैनिकको संख्या घटाउनेबारे छलफल भएको छ। दुवै पक्षले यी विषयहरु महसुस गरी निर्णय गर्ने सहमति भएको सुत्रहरुलाई उधृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। 
     दुई देशबीच शनिबार युद्धविरामको सहमति भएको थियो। त्यसयता आक्रमणका घटना नभए पनि दुवै देशले एकअर्काविरुद्ध आरोपप्रत्यारोप जारी राखेका छन्। 

    यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अपरेशन सिन्दुर अन्त्य नभएको बताए। उनले आतंकवादविरुद्धको कारबाही अपरेशन सिन्दुर स्थगित मात्र भएको बताए।  राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले आगामी दिनमा पाकिस्तानका हरेक कदम निगरानी गरिने उल्लेख गरे। 

    साथै उनले कुनै किसिमको आणविक ‘ब्लाकमेल’ सह्य नहुने चेतावनी समेत दिए। गत २२ मार्चमा भारतको जम्मु–कश्मीरस्थित पहलगाममा नेपालका सन्दीप न्यौपानेसहित २६ पर्यटकको हत्या भएपछि त्यसको १५ दिनमा भारतले आतंकवादविरुद्धको कारबाही भन्दै भारतमा सैन्य हमला गरेको थियो। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख ३० २०८२१०:४७:२६

    एजेन्सी

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend