काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्रीले पनि युद्धविरामको पुष्टि गर्दै अब स्थल र हवाई आक्रमण रोकिएको जानकारी दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत-पाकिस्तान युद्धविराम गर्न सहमत भएको घोषणा गरेलगत्तै भारतका विदेश सचिव मिस्रीले उक्त जानकारी दिएका हुन्।
उनले भनेका छन्, 'अब हवाई र स्थल हमला हुने छैन, १२ तारिख,सोमवार वार्ता हुने छ।'
अमेरिकाको प्रयासमा दिउँसो मध्याह्नदेखि नै भारत र पाकिस्तानका अधिकारीहरूबीच वार्ता भएको थियो। दुवै देशका अधिकारीहरूबीच सहमति भएपछि आज साँझ ५ बजेबाट युद्धविरामको घोषणा भएको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।