इस्लामाबाद । पाकिस्तानका विदेशमन्त्री इशाक डारले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको स्विकारेका छन्।
उनले सामाजिक सञ्जाल साइट एक्समा यसको पुष्टि गर्दै लेखेका छन्, ‘पाकिस्तान र भारतले तत्काल लागू हुने गरी युद्धविराम गर्न सहमत भएका छौँ। पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं क्षेत्रीय शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको छ।’
यसको केही मिनेटअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविरामका राजी भएको दावी गरेका थिए। उनका अनुसार अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका हुन्।
ट्रम्पले लेखेका छन्, ‘सामान्य ज्ञान र महान वुद्धिमता प्रयोग गरेकामा दुवै देशलाई बधाई छ.’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।