आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

राजाहरूले देशलाई कंगाल बनाएको प्रधानमन्त्री ओलीको आरोप

राजाहरूले देशलाई कंगाल बनाएको प्रधानमन्त्री ओलीको आरोप

  • मिडिया डबली डेक्स
  • शनिवार, बैशाख २७ २०८२

  • 1.6K
    SHARES

  • राजाहरूले देशलाई कंगाल बनाएको प्रधानमन्त्री ओलीको आरोप

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन्।

    शनिवार काठमाडौँमा दोस्रो राष्ट्रिय वन संवर्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरू भन्दै लाञ्छना लगाए।

    त्यस्ताले अझै हामी आउँछौँ, साथ देऊ भनिरहेको देख्दा अचम्म लागेको ओलीको दावी थियो। देश कंगाल बनाउने काम राजाहरूले गरेको उनको आरोप छ। अहिले ३० वर्षमै देश कोल्टे फेर्ने गरी विकास भएको बताए। देशलाई विकसित, बस्न लायकको बनाउनैपर्ने बताए।

    प्रधानमन्त्री ओलीले भने, ‘अचम्म त के भनेः यो देशलाई यसरी आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरू फेरि हामी नभई भएन, हामी आउँछौँ, साथ देऊ, भनेर लाजै मान्दैन। देश कंगाल बनाउने त यिनैहरू हुन्। अहिले यो ३० वर्षमा यति विकास गरेको छ‚ त्यो तथ्यांकले बताउँछ। मान्छे नहुँदा जंगलमा मुलुक थियो होला।’

    प्रधानमन्त्री ओलीले देशलाई उपचार गर्ने पुस्ता अहिलेको रहेको बताए। उनले अहिलेको पुस्ताले शुद्ध, पवित्र, स्वच्छ र सुखयुक्त देश बनाउनुपर्ने बताए। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०८२०२:२४:००

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend