काठमाडौं । जी-७ राष्ट्रहरूले भारत र पाकिस्तानलाई एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन्।
क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका, बेलायत र युरोपेली संघका विदेशमन्त्रीहरूले अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। विज्ञप्तिमार्फत उनीहरूले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आग्रह गरेका छन्।
‘हामी चाहन्छौँ दुवै देशले एकअर्कासँग कुरा गरून् र तनाव बढाउनुको सट्टा शान्तिपूर्ण समाधानतर्फ अघि बढून्’, ‘जी ७ को विज्ञप्तिमा भनिएको छ।.
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।