सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

आतङ्कवादविरुद्ध नेपालले लिएको अडानका लागि भारतीय राजदूतद्वारा धन्यवाद व्यक्त

आतङ्कवादविरुद्ध नेपालले लिएको अडानका लागि भारतीय राजदूतद्वारा धन्यवाद व्यक्त

  • मिडिया डबली डेक्स
  • शनिवार, बैशाख २७ २०८२

  • 1.4K
    SHARES

  • आतङ्कवादविरुद्ध नेपालले लिएको अडानका लागि भारतीय राजदूतद्वारा धन्यवाद व्यक्त

    काठमाण्डौ । नेपाल सरकारले आतङ्कवादविरुद्ध लिएको अडानका लागि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले धन्यवाद व्यक्त गर्नुभएको छ ।

    हिजो बेलुका लैनचौरमा रहेको दूतावासमा मूलधारका आमसञ्चार माध्यमका सम्पादकहरुसँगको भेटघाट तथा छलफलका क्रममा उहाँले जम्मू–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी आक्रमणकोविरुद्धमा नेपाल सरकार र नेपाली नागरिक उभिएकोमा खुशी व्यक्त गर्नुभयो ।

    काश्मीरको पहलगाममा गएको वैशाख ९ मा भएको आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो । यो आक्रमण र त्यसपछि विकासित घटनाक्रमका बारेमा राजदूत श्रीवास्तवले जानकारी गराउनुभयो ।

    पहलगाम घटनापछि काश्मीर क्षेत्रको ‘लाइन अफ कन्ट्रोल’को भारतीय सेनाका चेकपोष्टमा आक्रमण भएको र यसमा १६ जना भारतीयको ज्यान गएको उहाँले बताउनुभएको छ । भारतको तर्फबाट संयमता अपनाइ जवाफी कारबाही मात्र गरिएको उहाँको भनाइ छ ।

    त्यसअघि हिजो राजदूत श्रीवास्तवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको थियो । विश्व शान्तिको पक्षमा दृढ रहेको नेपालले आफ्नो कुनै पनि भूमि आतङ्कवादकोविरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गर्नुभएको उहाँले जानकारी गराउनुभयो ।

    राजदूत श्रीवास्तवले भारतका संवेदनशील क्षेत्रमा केही विमानस्थल र सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेको, छिमेकी देश नेपालतर्फको आपूर्ति व्यवस्थामा कुनै पनि किसिमको समस्या नआउने गरी आवश्यक काम भइरहेको उल्लेख गर्नुभएको छ ।

    उहाँले पेट्रोलियम पदार्थसहित कुनै पनि किसिमका वस्तुको नेपालतर्फको आपूर्ति व्यवस्था सहज हुने भएकाले ढुक्क हुन आग्रह गर्नुभएको छ ।

    घुसपैठसहित अवाञ्छित गतिविधि हुन नदिन दुवै देशकातर्फबाट सीमा सुरक्षामा विशेष ध्यान दिनुपर्ने खाँचो रहेकोमा उहाँको जोड छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०८२०९:१२:१७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend