सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रधानमन्त्रीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

प्रधानमन्त्रीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

  • मिडिया डबली डेक्स
  • शुक्रवार, बैशाख २६ २०८२

  • 1.1K
    SHARES

  • प्रधानमन्त्रीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

    काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको भेटमा भारतको जम्मूकाश्मीर पहलगाममा गएको वैशाख ९ अर्थात् २२ अप्रिल २२ तारिखमा भएको आतङ्कवादी आक्रमण र यसबाट उत्पन्न पछिल्लो तनावसँगै विकसित घटनाक्रमबारे राजदूत श्रीवास्तवले प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको थियो ।

    श्रीवास्तवले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही मात्र गरेको तर ‘जेट हमला’ गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गर्नुभयो । उहाँले पछिल्लो घटनाका सम्बन्धमा नेपाल सरकारबाट हिजो सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गर्नुभएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

    भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्वशान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडानअनुरूप आतङ्कवादी आक्रमणको भत्र्सना गर्नुभयो । उहाँले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी देशविरुद्ध नेपालको भूमि प्रयोग गर्न नदिने स्पष्ट पार्नुभएको छ ।   

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०८२०८:३२:२२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend