आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पाकिस्तानले सैन्य कारबाही गरे कडा जवाफ दिन्छौँ : भारत

पाकिस्तानले सैन्य कारबाही गरे कडा जवाफ दिन्छौँ : भारत

  • मिडिया डबली डेक्स
  • बिहिवार, बैशाख २५ २०८२

  • 1.6K
    SHARES

  • पाकिस्तानले सैन्य कारबाही गरे कडा जवाफ दिन्छौँ : भारत

    भारतले पाकिस्तानमा शुरू गरेको गरेको ‘अपरेशन सिन्दूर’ जारी रहेको जनाएको छ । रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा आज दिल्लीमा सर्वदलीय बैठक बसेको थियो । बैठकमा रक्षामन्त्री सिंहले सबैलाई ‘अपरेशन सिन्दूर’ को बारेमा जानकारी दिनुभएको केन्द्रीय संसदीय कार्यमन्त्री किरेन रिजिजूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    मन्त्री रिजिजूले ‘अपरेशन सिन्दूर’ निरन्तर चल्ने अपरेशन रहेको र सर्वदलीय बैठक प्रभावकारी रूपमा सम्पन्न भएको बताउनुभयो । यस्तै सर्वदलीय बैठकमा सबै दल र नेताहरूले सरकारलाई पूर्ण समर्थन गर्दै सेनाको आक्रमणमा साथ रहेको विश्वास दिलाएका खबरमा उल्लेख छ ।

    यसैबीच भारतका विदेशमन्त्री एस जयशङ्करले पाकिस्तानले भारतविरुद्ध सैन्य कारबाही गरे कडा जवाफ दिइने बताउनुभएको छ । इरानी विदेशमन्त्री अब्बास अरघचीसँगको भेटमा जयशङ्करले पाकिस्तानलाई चेतावनी दिनुभएको हो ।

    यस्तै पाकिस्तानले भारतबाट दोस्रो आक्रमण भएको आरोप लगाएको छ । राजधानी इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानी सेनाका प्रवक्ताले भारतले देशविरुद्ध दोस्रो स्पष्ट सैन्य आक्रमण गरेको दाबी गरेका खबरमा उल्लेख छ ।

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तानबीच तनाव चर्किँदै जाँदा मध्यस्थताको प्रस्ताव गर्नुभएको छ ।

    यस्तै भारतले पाकिस्तानकाे शहर लाहोरमा रहेकाे हवाई रक्षा प्रणाली ध्वस्त पारेको दाबी गरेकाे छ । यस्तै पाकिस्तानले २५ वटा भारतीय ड्रोन खसालेको दाबी गरेकाे छ ।

    २६ जना पर्यटकको ज्यान जाने गरी जम्मू–कश्मीरको पहलगाममा गएको महिना भएको आतङ्कवादी आक्रमणको दुई हप्तापछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न ठाउँमा शृङ्खलाबद्ध हवाई हमला गरेको छ । भारतीय सेनाको आक्रमणबाट कम्तीमा ३१ जना र पाकिस्तानी सेनाले गरेको गोलाबारीमा १५ जनाको ज्यान गएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०८२०५:११:३८

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend