काठमाडौँ । राजावादीहरूले आउँदो जेठ १५ गतेदेखि राजसंस्था ल्याउन अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन्।
बिहीवार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका हुन्।
उनले नै आन्दोलनको नेतृत्व लिने भएका छन्। उनले आन्दोलन भने शान्तिपूर्ण हुने जनाए। भद्र अवज्ञा र सत्याग्रह पनि हुने उनले बताए।
निरकुंशता र सर्वसत्तावादको अन्त्य गरी जनतामा निहित सार्वभौमसत्ता र जनताको निर्णायकत्वलाई थप सुदृढ तुल्याई जनतालाई व्यवहारिक रूपमा देशको मालिक भएको अनुभूति दिलाउनु आन्दोलनको मुख्य उद्देश्य रहेको पनि उनले बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।