काठमाडौँ । नेपाल भारत सीमाक्षेत्र रक्सौलबाट चार जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको छ ।
रक्सौल नाकाबाट अवैध रूपमा भारत छिर्ने प्रयासमा रहेका चार जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ ।
उनीहरूको अहिले बयान लिने काम भइरहेको छ । पक्राउ परेकाहरू नेपाली, हिन्दी, अंग्रेजी र चिनियाँ भाषा बोल्नमा पोक्त रहेको भारतीय सञ्चारमाध्यम आजतकले लेखेको छ ।
भारत र पाकिस्तानको तनावपछि रक्सौल लगायत नेपाल भारत सीमा क्षेत्रमा कडा निगरानी बढाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।