काठमाडौं । मे ८ अर्थात् विश्व स्मृति एवं मेलमिलाप दिवस हो।
संयुक्त राष्ट्रसंघको आह्वानमा दोस्रो विश्वयुद्धमा ज्यान गुमाएकाहरूको सम्झना एवं मेलमिलाप दिवसका रूपमा सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो ।
राष्ट्रसंघीय महासभाले मे ८ र ९ तारिखमा यो दिवस मनाउन विश्वका सबै देशलाई आह्वान गरेअनुरुप विभिन्न राष्ट्रसंघीय निकाय, गैरसरकारी संस्था तथा व्यक्तिले समाज र देशका निम्ति योगदान आफ्ना अग्रज एवं दोस्रो विश्वयुद्धका सबै पीडितहरूको स्मरण तथा उनीहरुप्रति श्रद्धाञ्जली अर्पण गरेर स्मृति दिवस मनाउँदै आएका छन् ।
न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा बिहीबार विशेष स्मृतिसभा हुँदैछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।