सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेपालको संसद्‍मा उठ्यो भारत–पाकिस्तान युद्धको विषय

नेपालको संसद्‍मा उठ्यो भारत–पाकिस्तान युद्धको विषय

  • मिडिया डबली डेक्स
  • बुधवार, बैशाख २४ २०८२

  • 1.1K
    SHARES

  • नेपालको संसद्‍मा उठ्यो भारत–पाकिस्तान युद्धको विषय

    काठमाडौं । नेपालको संसद्‍मा भारत–पाकिस्तान युद्धको विषय उठेको छ । दुई देशबीच चलेको युद्धले नेपाललाई पार्न सक्ने प्रभावको विषयमा सरकारलाई सांसदहरूले ध्यानाकर्षण गरेका छन् ।

    प्रतनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लले नेपाल असंलग्न राष्ट्रको रुपमा रहँदै आएको बताउँछन् । तर, आतंकवादको सम्बन्धमा नेपालले आफ्नो प्रष्टता हुन आवश्यक रहेको बताउँछन् ।

    बुधबार प्रतिनधि सभाको बैठकमा बोल्दै उनले पहलगाममा भएको आतंकवादी आक्रमणको निन्दा गरे ।

    पूर्वपरराष्ट्रमन्त्री समेत रहेका एनपी साउदले पनि यो विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको बताउँछन् । उनले हालै पाकिस्तानी सैनिकले नेपाल भ्रमण गरेको विषयमा समेत उचित नरहेको बताएका छन् ।

    छिमेकमा भएको घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलले नेपाल भ्रमण भएको उनले बताएका हुन् । ‘भ्रमण पूर्वनिर्धारित नै भए पनि वर्तमान स्थितिबारे संवेदनशील भएर कुटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतिक्षा गर्नुपर्ने आवश्यकता थियो’, उनले भने ।

    कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भारत–पाकिस्तान युद्धले पार्ने प्रभावबारे नेपाल सरकार समयमै गम्भीर बन्नुपर्ने बताए । ‘भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारणले गर्दा भारत पाकिस्तानका बीचमा जुन युद्ध सुरु भएको छ यसले हामीलाई पार्ने अल्पकालिन र दीर्घकालिन दुवै किसिमका प्रभावहरूको विषयमा नेपाल सरकार समयमै गम्भीर बनोस्’ सांसद गौतमले भने ।

    सरकारले समयमै ख्याल गर्न आवश्यक रहेको उनको भनाइ छ । अगाडि थप्छन्, ‘नेपा सरकारले समयमै यस (भारत–पाकिस्तान युद्धले नेपाललाई पार्ने प्रभाव)मा छलफल अगाडि बढाओस् भन्ने आग्रह गर्न चाहन्छु ।’

    राजनीतिक दलका शीर्ष नेताहरू पनि यो विषयमा गम्भीर हुन आवश्यक रहेको उनले बताए । राजनीतिक दलका बीचमा राष्ट्रिय विषयमा एकता हुन आवश्यक रहेकोमा उनले जोड दिए ।

    २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तान आमुनेसामुने भएका छन् । पहलगाम आक्रमणमा पाकिस्तालाई दोषी देखाएर भारतले जवाफी हमला सुरु गरेको हो ।

    गए राति भारतले पाकिस्तानका विभिन्न ठाउँमा हवाई हमला गर्दा ८ जनाको मृत्यु भएको छ भने ३५ जना बढी घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख २४ २०८२०३:०९:२८

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend