आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पाकिस्तानमाथि भारतले थाल्यो ‘अपरेशन सिन्दूर’

पाकिस्तानमाथि भारतले थाल्यो ‘अपरेशन सिन्दूर’

  • एजेन्सी
  • बुधवार, बैशाख २४ २०८२

  • 870
    SHARES

  • पाकिस्तानमाथि भारतले थाल्यो ‘अपरेशन सिन्दूर’

    काठमाडौं । भारतले गएराति पाकिस्तानका ९ ठाउँमा आक्रमण गरेको छ।  ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा मिसाइल आक्रमण गरेको हो।

    पाकिस्तानी सञ्चारमाध्यम जिओ न्यूजका अनुसार आक्रमणमा ९ जनाको मृत्यु भएको र ३५ जना घाइते भएको जनाएको छ।

    भारतीय आर्मीले भने पाकिस्तानको सैन्य क्षेत्रमा भने आक्रमण नगरेको जनाएको छ। भारतले यसलाई कश्मीरको पलगाममा ​ २२ अप्रिलमा भएको आक्रमणको जवाफी कारबाही भनेको छ। जहाँ एक नेपालीसहित २६ पर्यटक मारिएका थिए। 

    भारतले आतंकवादी रहेको मानिएका ९ ठाउँमा आक्रमण गरेको जनाएको छ। उसले  पाकिस्तानले पनि जवाफी आक्रमण गर्ने बताएको छ। बहावलपुर, कोटली तथा मुजफ्फाबादलगायत ठाउँमा आक्रमण गरिएको जनाइएको छ।​

    पाकिस्तानले भने सर्वसाधारणहरूको घरमा आक्रमण गरेको जनाएको छ। पाकिस्तानी सञ्चार माध्यम पिटिभीले भारतका दुईवटा फाइटर जहाज पाकिस्तानी सेनाले झारिदिएको जनाएको छ। 

    यसैबीच पाकिस्तानको लाहोर एयरपोर्टमा आपतकालीन अवस्था घोषणा गरिएको छ। मिडिया रिपोर्टका अनुसार एयरपोर्ट खाली गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ।

    पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको उक्साहट भएको भन्दै कडा निन्दा गरेका छन्। उनले बलियो जवाफ दिने चेतावनी दिएका छन्। 

    संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख २४ २०८२०६:४६:५७

    एजेन्सी

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend