आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गाजा पट्टीमा १६ हजारभन्दा धेरै बालबालिकाको ज्यान गएको खुलासा

गाजा पट्टीमा १६ हजारभन्दा धेरै बालबालिकाको ज्यान गएको खुलासा

  • एजेन्सी
  • मंगलवार, बैशाख २३ २०८२

  • 1.2K
    SHARES

  • गाजा पट्टीमा १६ हजारभन्दा धेरै बालबालिकाको ज्यान गएको खुलासा

    सन् २०२३ अक्टोबर ७ मा इजरायली सैन्य आक्रमण शुरू भएयता गाजा पट्टीमा १६ हजारभन्दा धेरै बालबालिकाको ज्यान गएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

    स्वास्थ्य अधिकारीहरूका अनुसार हरेक ४० मिनेटमा एक जना बच्चाको ज्यान गइरहेको छ । ज्यान गुमाउनेमा १६ हजार दुई सय ७८ बालबालिका रहेकामा नौ सय आठ शिशु र तीन सय ११ नवजात शिशुले जन्मेपछि ज्यान गुमाएका गाजाका स्वास्थ्य अधिकारीहरूका फिल्ड अस्पतालका निर्देशक मारवान अल–हाम्सलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

    आवश्यक स्वास्थ्य सेवामा बाधा पुर्‍याउँदै इजरायलले मार्चको शुरूमा क्रसिङहरू बन्द गरेपछि मानवीय अवस्था निकै बिग्रिएको खबरमा उल्लेख छ । यसले हजारौं बालबालिका र गर्भवतीलाई चिकित्सा सेवाको पहुँचबाट वञ्चित पार्दा सङ्कटलाई अझ बढाएको छ ।

    प्यालेस्टिनी विद्रोही समूह हमाससँगको जनवरीको युद्धविराम सम्झौताको पहिलो चरण समाप्त भएपछि इजरायलले मार्च २ मा गाजामा सामान र आपूर्तिको प्रवेश रोकेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख २३ २०८२०७:२७:१६

    एजेन्सी

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend