काठमाडौं । सोमबार दिउँसो पोखरा महानगरपालिका–१७ विरौटास्थित आयुर्वेद पथमा एक युवकले श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् । श्रीमान्–श्रीमती अचेत रहेको जानकारी आएपछि प्रहरीले दुवै जनालाई उद्धार गरेर गण्डकी मेडिकल कलेज पुर्याएको थियो । अस्पताल पुर्याउने वित्तिकै ३७ वर्षीया देवी पराजुली बराललाई डाक्टरले मृत घोषणा गरेका थिए ।
आज मंगलबार ५७ वर्षीय ऋषिराम बराललाई चिकित्सकले मृत घोषणा गरेको हुन् । उनीहरू श्रीमान्–श्रीमती रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतले बताए । घटनास्थलबाट प्रहरीले विषको खाली बट्टा र चक्कु समेत बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक विवाद भएपछि श्रीमतीको हत्या गरेर आत्महत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।