युक्रेनले लगातार ड्रोन आक्रमण गरेपछि रुसको मस्कोमा रहेका चार वटा विमानस्थल अनिश्चितकालका लागि बन्द भएका छन् । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विमानस्थल बन्द गरिएको रुसी अधिकारीले बताएका बीबीसीले जनाएको छ ।
मस्कोका मेयर सर्गेई साबोइनिनले विभिन्न क्षेत्रबाट लगातार प्रहार भएका १९ वटा ड्रोन निस्तेज गरिएको बताउनुभएको छ । उहाँका अनुसार राजधानीको सडकमै केही ड्रोन आक्रमण भए पनि मानवीय क्षति भने भएको छैन ।
यसअघि अस्ति आइतवार भएको आक्रमणका कारण दुई वटा विद्युत् स्टेशनमा क्षति पुग्नुका साथै केही मानिस घाइते भएका छन् ।
हिजो पनि युक्रेनी सेनाले रुसको गाउँ प्रवेश गर्नका लागि प्रयास गर्नुका साथै कर्सकको खानीमा आक्रमण गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।