आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आदिल माथिको प्रतिबन्ध फुकुवासँगै राष्ट्रिय टिममा फर्कने बाटो खुल्यो

आदिल माथिको प्रतिबन्ध फुकुवासँगै राष्ट्रिय टिममा फर्कने बाटो खुल्यो

  • मिडिया डबली डेक्स
  • सोमवार, बैशाख २२ २०८२

  • 804
    SHARES

  • आदिल माथिको प्रतिबन्ध फुकुवासँगै राष्ट्रिय टिममा फर्कने बाटो खुल्यो

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहमद आदिल आलममाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको प्रतिबन्ध फुकुवा भएको छ ।

    क्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै आदिलमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लगाइएको प्रतिबन्ध फुकुवा गरेको हो ।

    आदिललाई २०७९ पौषमा भएको नेपाल टि२० लिगका दौरान स्पट फिक्सिङको आरोप लागेपछि क्यानले प्रतिबन्ध लगाएको थियो । क्यानको इन्टिग्रिटी युनिटले आवश्यक छानविन गरेर बुझाएको प्रतिवेदन अनुसार प्रतिबन्ध फुकुवा गरेको विज्ञप्तिमा उल्लेख छ ।

    आदिल अब राष्ट्रिय टोलीमा फर्कन बाटो खुलेको छ । मध्यम गतिमा बलिङ गर्ने अलराउन्डर आदिल आक्रामक ब्याटिङका लागि परिचित छन् । उनी राष्ट्रिय टिमका नियमित सदस्य थिए ।

    फिक्सिङको आरोप लागेका क्रिकेटर महबुब आलम र आदिलले काठमाडौं जिल्ला अदालतबाट भने यसअघि नै सफाइ पाइसकेका थिए । उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विभिन्न आरोप सहित मुद्दा दायर गरेको थियो ।

    २०८० चैत्र १३ गते जिल्ला अदालतका न्यायाधीश कमल प्रसाद पोखरेलको इजलासले स्पट फिक्सिङको आरोप लागेका खेलाडीहरू विरूद्ध सीआईबीले गरेको दाबी नपुग्ने भन्दै सफाइको निर्णय सुनाएको थियो ।

    फिक्सिङको आरोपमा महबुब र आदिलसँगै नितेश गुप्ता, नविन कँडेल र रवि माझी विरूद्ध सीआईबीले मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा सबैले सफाइ पाएका थिए । नितेश, महबुब र आदिललाई सीआईबीले पक्राउ समेत गरेको थियो ।

    494425521_689892310119498_3280186385511998730_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख २२ २०८२०५:२६:०५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend