आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दुई तिहाइ सरकारको अहंकारको बेलुन फुटिसक्यो : प्रचण्ड

दुई तिहाइ सरकारको अहंकारको बेलुन फुटिसक्यो : प्रचण्ड

  • मिडिया डबली डेक्स
  • सोमवार, बैशाख २२ २०८२

  • 990
    SHARES

  • दुई तिहाइ सरकारको अहंकारको बेलुन फुटिसक्यो : प्रचण्ड

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई तिहाइ सरकारको अहंकारको बेलुन फुटिसकेको टिप्पणी गरेका छन्।

    प्रतिनिधिसभामा सोमवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा भाग लिँदै उनले यस्तो टिप्पणी गरेका हुन्। प्रचण्डले सरकारले महिना दिन बितिसक्दा पनि नेपाल राष्ट्रबैंकमा गभर्नर नियुक्त गर्न नसकेको भन्दै दुई तिहाइको अहंकारको बेलुन फुटिसकेको टिप्पणी गरे।

    उनले सरकार बनेको दश महिना पुग्दा पनि सुध्रिन नचाहेको बताए। उनले वर्तमान सरकार सरकार सुध्रिनका लागि गठन नभएको र एउटा निश्चित वर्गको स्वार्थका लागि बनेको आरोप लगाए। उनले हरेक नियुक्ति र निर्णयमा स्वार्थी समूह हाबी भएको बताउँदै जनताले सेवा प्रवाह सहज रूपमा पाउन नसकेको बताए।

    प्रचण्डले भने‚ ‘यो दश महिनामा सरकार सुध्रिएन। किनभने सरकार सुध्रिनका लागि गठन भएकै थिएन। एउटा निश्चित वर्गको स्वार्थका लागि बनेको थियो। दुई तिहाइको अहंकार त अब मैले हेर्दा त त्यो बेलुन फुटिसकेको देख्छु। हरेक नियुक्ति र निर्णयमा स्वार्थी समूह नै हाबी छन्।’

    अध्यक्ष प्रचण्डले सरकार बनेको १० महिना बितिसक्दा पनि सातबुँदे सहमति कार्यान्वयनतर्फ कसैको ध्यान नगएको बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख २२ २०८२०३:३१:५३

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend