सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बस दुर्घटनामा एक जनाको ज्यान गयो, १३ जना घाइते

बस दुर्घटनामा एक जनाको ज्यान गयो, १३ जना घाइते

  • मिडिया डबली डेक्स
  • सोमवार, बैशाख २२ २०८२

  • 870
    SHARES

  • बस दुर्घटनामा  एक जनाको ज्यान गयो, १३ जना घाइते

    धनकुटा । कोशी लोकमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–६ गोठगाउँमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।

    धरानबाट भोजपुरतर्फ गुडिरहेको को १ ख २१७७ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा धनकुटा–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएकी भुजेलको उपचार क्रममा जिल्ला अस्पताल धनकुटामा ज्यान गएको हो ।

    दुर्घटनामा घाइते भएकाहरूको केहीको धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र केहीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख २२ २०८२०२:५६:५२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend