आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदै

सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदै

  • मिडिया डबली डेक्स
  • सोमवार, बैशाख २२ २०८२

  • 1.1K
    SHARES

  • सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदै

    काठमाडौं । संसदमा सोमबार आगामी आर्थिक वर्ष २०८२/८३ को  सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल आरम्भ हुँदैछ। यसका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ। राष्ट्रिय सभाको बैठक दिउँसो १ : १५ बजेका लागि बोलाइएको छ।

    दुवै बैठकको शुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यसूची छ।

    आगामी आर्थिक वर्षको सरकारको उक्त नीति तथा कार्यक्रममाथि सदस्यबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गर्ने संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

    राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रममाथि ५१ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्। प्रतिनिधिसभामा ३७ र राष्ट्रिय सभामा १४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएको संसद सचिवालयले जनाएको छ।

    दुवै सदनबाट वैशाख २८ गते नीति तथा कार्यक्रम पारित गर्ने तय भएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख २२ २०८२०८:४७:५२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend