काठमाडौं । पहलगाम आतंकवादी हमलापछि भारतले पाकिस्तानसँगको ६५ वर्ष पुरानो सिन्धु जल सन्धि रद्द गरेको छ। यसलाई पाकिस्तानलाई पाठ सिकाउन भारतले कूटनीतिक रूपमा चालेको सबैभन्दा ठूलो कदम मानिएको छ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतले चेनाब नदीमा रहेको बगलिहार बाँधबाट पाकिस्तान जाने पानीको प्रवाह रोकेको छ र झेलम नदीमा रहेको किशनगंगा बाँधमा पनि यस्तै कदम चाल्ने योजनाहरू बनाइरहेको छ ।
यस विषयमा जानकार एक स्रोतले समाचार एजेन्सी पीटीआईलाई बताएअनुसार जम्मूको रामबनमा रहेको बगलिहार अनि उत्तरी कश्मीरमा रहेको किशनगंगा जलविद्युत बाँध मार्फत, भारतले आफ्नो तर्फबाट पानी छोड्ने समयलाई नियमन गर्न सक्ने उल्लेख गरिएको छ ।
यसको अर्थ यी बाँधहरू हुँदै पाकिस्तान पुग्ने पानीलाई कुनै पूर्व चेतावनी बिना नै घटाउन सकिन्छ र बहाव पनि बढाउन सकिने सञ्चार माध्यमहरुमा उल्लेख गरिएको छ ।
पहलगाम आतंकवादी हमलापछि भारतले दशकौं पुरानो यो सम्झौता स्थगित गरेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।