सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

परीक्षामा प्रश्नपत्र बाहिरिएको सूचना भ्रामक भएको परिक्षा बोर्डको दावी

परीक्षामा प्रश्नपत्र बाहिरिएको सूचना भ्रामक भएको परिक्षा बोर्डको दावी

  • मिडिया डबली डेक्स
  • आइतवार, बैशाख २१ २०८२

  • 1.2K
    SHARES

  • परीक्षामा प्रश्नपत्र बाहिरिएको सूचना भ्रामक भएको परिक्षा बोर्डको दावी

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षामा प्रश्नपत्र बाहिरिएको सूचना भ्रामक र गलत रहेको पाइएको जनाएको छ। बोर्डले आज विज्ञप्ति जारी गर्दै छानबिन गर्दा गलत रहेको पाइएको जनाएको हो।

    बोर्डका अनुसार आज सञ्चालित अनिवार्य अङ्ग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु हुन अगावै निश्चित विद्यालयका विद्यार्थीहरूले प्राप्त गरेको भनी सामाजिक सञ्जालमा राखिएको सूचनाको आधारमा जिल्ला परीक्षा समन्वय समिति, भक्तपुरका पदाधिकारी एवं जिल्ला प्रशासन कार्यालय, भक्तपुरका प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीद्वारा सम्बन्धित परीक्षा केन्द्रमा गई छानबिन गरिएको थियो।

    ‘छानबिन गर्दा उक्त सूचना भ्रामक र गलत भएको पाइएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’विज्ञप्तिमा भनिएको छ,‘परीक्षा जस्तो संवेदनशील विषयमा सामाजिक सञ्जालमा पुराना र प्रयोग भइसकेका प्रश्नपत्रहरू राखी भ्रम सिर्जना गर्ने उपर आवश्यक कानूनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ, सामाजिक सञ्जालमा सम्प्रेषण भएका यस प्रकारका गलत सूचनामा विश्वास नगर्न र आगामी दिनमा पनि यस्ता भ्रामक सूचनाको विश्वास नगरी आफ्नो अध्ययन कार्यलाई निरन्तरता दिनुहुन सम्पूर्ण परीक्षार्थीहरूलाई अनुरोध गरिन्छ।’

    बोर्डले विषयवस्तुको आधिकारिता पुष्टि नगरी यस्ता विषयहरू सामाजिक सञ्जालमा नराख्न समेत सबैमा अनुरोध गरेको छ। 

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख २१ २०८२०३:५९:०२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend