आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतले लगायो पाकिस्तानबाट आउने सम्पूर्ण सामानहरूमा प्रतिबन्ध

भारतले लगायो पाकिस्तानबाट आउने सम्पूर्ण सामानहरूमा प्रतिबन्ध

  • मिडिया डबली डेक्स
  • शनिवार, बैशाख २० २०८२

  • 852
    SHARES

  • भारतले लगायो पाकिस्तानबाट आउने सम्पूर्ण सामानहरूमा प्रतिबन्ध

    काठमाडौं । भारत सरकारले पाकिस्तानबाट आउने सम्पूर्ण सामानहरूमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । भारतको वाणिज्य मन्त्रालयले पाकिस्तानबाट आयात पूर्ण रूपमा प्रतिबन्ध लगाइएको जनाएको हो । 

    पहिले प्रत्यक्ष व्यापारमा प्रतिबन्ध लगाएको भारतलेअब भने अप्रत्यक्ष आयातमा पनि प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

    समाचारहरुमा यो प्रतिबन्ध पाकिस्तानको लागि गहिरो प्रहार भएको पनि उल्लेख गरिएको छ ।  भारतको वाणिज्य मन्त्रालयले भारतबाट आयात वा निर्यात नगरिने उत्पादनहरूको सूची तयार गरिरहेको पनि स्रोतले जनाएको छ । 

    वाणिज्य मन्त्रालयले जारी गरेको सूचना अनुसार भारतले पाकिस्तानबाट हुने सबै सामानको प्रत्यक्ष वा अप्रत्यक्ष आयातमा तत्काल प्रतिबन्ध लगाएको र यस सम्बन्धमा एउटा प्रावधान विदेश व्यापार नीति (एफटीपी) २०२३ मा थपिएको जनाएको छ ।

    प्रावधानमा अर्को आदेश नभएसम्म तत्काल पाकिस्तानमा आउने वा निर्यात हुने सबै सामानहरूको प्रत्यक्ष वा अप्रत्यक्ष आयातमा प्रतिबन्ध लगाइएको भनिएको छ । 

    यो जानकारी मे २ को सूचनामा दिइएको छ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २० २०८२०६:१५:०६

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend