आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एकीकृत समाजवादीलाई जनमतको कमी छैन : अध्यक्ष नेपाल

एकीकृत समाजवादीलाई जनमतको कमी छैन : अध्यक्ष नेपाल

  • मिडिया डबली डेक्स
  • शनिवार, बैशाख २० २०८२

  • 1.3K
    SHARES

  • एकीकृत समाजवादीलाई जनमतको कमी छैन : अध्यक्ष नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई जनताको मतको कमी नरहेको बताएका छन्।

    शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) लाई जनमतको कमी नरहेको बताए। 

    उनले गत (२०७९) निर्वाचनमा आदिवासी जनजातिलाई आफ्नो पार्टीसँग जोड्न सकेको भए राष्ट्रिय पार्टी बन्ने दावी गरे। 

    उनले आफ्नो पार्टीलाई लाखौँको संख्यामा सहकारी संगठनमा आवद्ध व्यक्ति, एनजिओ, आइएनजिओमा संलग्न व्यक्तिहरुको साथ रहेको दावी गरे। 

    अहिले पनि आफू देश दौडाहामा जाँदा हिमाल, पहाड र तराईका कुनै पनि ठाउँमा पार्टीलाई साथ दिने जनताको कमी महशुस नगरेको उनले बताए।

    पार्टीका कार्यक्रमहरुमा हरेक ठाउँमा हजारौँको संख्यामा जुलुस देखिएको र अब नेकपा (एकीकृत समाजवादी)लाई अरु भन्दा ठूलो र शक्तिशाली बनाउने बताए। उनले त्यसका लागि आफूले पाएको जिम्मेवारीमा जुट्न निर्देशन दिए। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २० २०८२०५:३७:०७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend