सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नागढुङ्गा–पिप्लामोड सडक खण्ड १० दिन आंशिक बन्द हुने

नागढुङ्गा–पिप्लामोड सडक खण्ड १० दिन आंशिक बन्द हुने

  • मिडिया डबली डेक्स
  • शनिवार, बैशाख २० २०८२

  • 1.4K
    SHARES

  • नागढुङ्गा–पिप्लामोड सडक खण्ड १० दिन आंशिक बन्द हुने

    काठमाण्डौ । नागढुङ्गा–नौबिसे सडक खण्डअन्तर्गत नागढुङ्गा–पिप्लामोड खण्ड आउँदो वैशाख २२ गतेदेखि १० दिन आंशिकरुपमा बन्द हुने भएको छ ।

    मर्मतका लागि पर्सि सोमवारदेखि वैशाख मसान्तसम्म १० दिन राति ११ देखि बिहान ३ बजेसम्म गाडी चलाउन रोकिने नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।

    काठमाण्डौबाट छुटेका गाडीलाई नागढुङ्गा चेकपोस्टमा तथा काठमाण्डौ भित्रिनेलाई खत्रीपौवा पुलमा रोकिने सूचनामा उल्लेख छ । रोकिएका गाडीलाई बिहान ३ बजेपछि मात्रै जान दिइनेछ ।

    सडक खण्ड बन्द हुँदा साना तथा मझौला गाडीका लागि वैकल्पिक मार्गको समेत व्यवस्था गरिएको छ ।

    यो बेला सितापाइला–भीमढुङ्गा–रामकोट–धार्के सडक तथा सामाखुशी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्न भनिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २० २०८२०१:१०:२८

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend