रुपन्देही । वडाकप खुल्ला नकआउट पुरुष क्रिकेट प्रतियोगिताको उपाधी वडा नम्बर ४ ले आफ्नो पक्षमा पारेको छ । शुक्रबार (आज) भएको फाईनल खेलमा उसले वडा नम्बर ५ लाई हराउँदै उपाधी चुमेको हो । यो उपाधी सँगै वडा नम्बर ४ ले वडा कप क्रिकेट प्रतियोगिताका लगतार तीन वटा संस्करणको आफ्नो पक्षमा पारेको छ ।
फाईनल खेलमा वडा नम्बर ५ लाई वडा नम्बर ४ ले ५ विकेटले पराजित गरेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको वडा नम्बर ५ ले वडा नम्बर ४ लाई १ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको वडा नम्बर ४ ले मध्यम सुरुवात गरेपनि पछि खेलमा पुनरागमन गर्दै ५ विकेटको क्षतीमा उक्त लक्ष्य पूरा गरेको प्रतियोगिता संयोजक किरण तिवारीले बताउनुभयो ।
जितसँगै वडा नम्बर ४ ले ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा सिमित भएको वडा नम्बर ५ ले ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।