आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

केआईआईटी विश्वविद्यालय घटनामा भारतको दुःख व्यक्त

केआईआईटी विश्वविद्यालय घटनामा भारतको दुःख व्यक्त

  • मिडिया डबली डेक्स
  • शुक्रवार, बैशाख १९ २०८२

  • 555
    SHARES

  • केआईआईटी विश्वविद्यालय घटनामा भारतको दुःख व्यक्त

    काठमाडौं । भारतको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा भएको घटना प्रति भारत सरकारले दुःख व्यक्त गरेको छ । विश्वविद्यालयमा नेपाली विद्यार्थीको निधन प्रति शुक्रबार भारतको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको हो । 

    मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली विद्यार्थीको निधनले आफूहरु दुःखी भएको उल्लेख गरिएको छ । 

    साथै, विज्ञप्ति मार्फत शोकसन्तप्त परिवारजनमा समवेदना दिइएको छ । घटनाबारे जानकारी प्राप्त भएदेखि नै विदेश मन्त्रालय ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको र सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको खुलाइएको छ । 

    ओडिशा प्रहरीले हाल यस घटनाको विस्तृत अनुसन्धान गरिरहेको उल्लेख गरिएको विज्ञप्तिमा भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरुको सकुशलता, सुरक्षा र हितलाई निकै गम्भीरताका साथ लिएको र यस विषयबारे तत्कालै सूचना आदानप्रदान तथा समन्वयलाई सुनिश्चित गर्न नेपाली अधिकारीहरु, ओडिशा राज्य सरकार साथै केआईआईटी व्यवस्थापनसँग निरन्तर सम्पर्कमा रहेको बताइएको छ । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १९ २०८२०७:०६:१२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend