काठमाडौं । भारतको सम्भावित सैन्य कारबाहीको डरले पाकिस्तान प्रशासित कश्मीर (पीओके) मा त्रास फैलिएको छ।
पीओकेका प्रधानमन्त्री चौधरी अनवर उल हकले बिहीबार स्थिति बिग्रियो भने आपतकाल लागू गर्न सकिने बताएका छन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नीलम उपत्यका र नियन्त्रण रेखा (एलओसी) नजिकैका संवेदनशील क्षेत्रहरूमा पर्यटकहरूको प्रवेशमा प्रतिबन्ध लगाइएको छ।
साथै, धार्मिक मदरसाहरूलाई १० दिनको लागि बन्द गर्न आदेश दिइएको छ।
भारतीय आक्रमणको अवस्थामा खाद्यान्न, औषधि र अन्य आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित गर्न पूर्ण तयारी गरिएको पीओके सरकारले दाबी गरेको छ।
आपतकालीन कोषमा एक अर्ब रुपैयाँ स्थानान्तरण गरिएको समाचारमा उल्लेख छ ।आज तक टेलिभिजन रिर्पोटका अनुसार उक्त क्षेत्रमा रहेका होटल, गेस्टहाउस र विवाह हलका मालिकहरूले आफ्नो सम्पत्ति सेनालाई प्रस्ताव गरेको खुलाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।