काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बिहान १० बजे बस्ने बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने छ ।
सो नीति तथा कार्यक्रमलाई आजै दिउँसो बस्ने संघीय संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने छन् । संघीय संसदको बैठक आज दिउँसो तीन बजे बोलाइएको छ ।
मन्त्रिपरिषद बैठकमा शिक्षक, चिकित्सक लगायतसँग भएको सहमति र अन्य मन्त्रालयगत नियमित एजेण्डामा पनि छलफल हुने बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।