काठमाडौं । सरकार र शिक्षक महासंघबीच बुधबार भएको सहमतिमा शिक्षकहरूले असन्तुष्टि जनाएका छन् ।
हाताहाती ऐन भन्दै देशभरबाट विद्यालयका शिक्षक कर्मचारी काठमाडौं आएका थिए । तर ऐन बिना नै सहमति भएपछि शिक्षकहरूले महासंघको विरोध जनाएका हुन् ।
नेपाल विद्यालय कर्मचारी परिषद्ले विज्ञप्ति नै निकालेर सहमतिको विरोध जनाएको छ ।
‘सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पूर्णरूपमा असहमति रहेको व्यहोरा सबैमा जानकारी गराउँदै नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भत्सर्ना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
२० चैतदेखि काठमाडौंमा चलेको आन्दोलन हिजोको सहमतिपछि टुंगिएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।