आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

राजा हुने सपना नदेख्न पूर्वनवयुवराज हृदयेन्द्रलाई प्रधानमन्त्री ओलीको सुझाव

राजा हुने सपना नदेख्न पूर्वनवयुवराज हृदयेन्द्रलाई प्रधानमन्त्री ओलीको सुझाव

  • मिडिया डबली डेक्स
  • बुधवार, बैशाख १७ २०८२

  • 1.4K
    SHARES

  • राजा हुने सपना नदेख्न पूर्वनवयुवराज हृदयेन्द्रलाई प्रधानमन्त्री ओलीको सुझाव

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वयुवराज पारस शाहका छोरा पूर्वनवयुवराज हृदयेन्द्र शाहलाई कला क्षेत्रमा लाग्न सुझाव दिँदै राजा बन्ने सपना भने नदेख्न चेतावनी दिएका छन्।

    राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको ९औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वनवयुवराज शाहलाई यस्तो सुझाव दिएका हुन्। 

    उनले पूर्वनवयुवराज हृदयेन्द्रलाई राजा हुने सपना नदेख्न चेतावनीसमेत दिए। केही दिनअघि अभिनेत्री सुरक्षा पन्तले एक टेलिभिजन अन्तर्वार्तामा पूर्वयुवराज शाहका छोरा हृदयेन्द्रलाई आकर्षक अनुहार भएको भन्दै फिल्म इन्डस्ट्रीमा आउन सुझाएकी थिइन्। पन्तको उक्त भनाइलाई लिएर उनको आलोचना भइरहेको छ।

    प्रधानमन्त्री ओलीले स्वतन्त्र रूपमा आफ्नो विचार राख्दैमा कलाकारमाथि सामाजिक सञ्जालमा आक्रमण हुनु दुःखद् भएको बताए। उनले सामाजमा बढेको विकृति चिर्नको लागि कला क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने समेत बताए। 

    ‘सुरक्षा पन्तजस्तो एउटा कलाकारले कति राम्रो भन्नुभएको छ हेर्नुस् त राम्रो अनुहार छ कला क्षेत्रमा आए हुन्छ। रिसाउनु र गाली गर्नुपर्ने के छ त्यसमा? त्यति राम्रो भनेको छ‚’ प्रधानमन्त्री ओलीले भने, ‘म पनि सुझाव दिन्छु- ती बाबु सिकेर कला क्षेत्रमा आए भने राम्रै हुन्छ। अब राजा हुने सपना देखे भने सपनै सपनामा जिन्दगी जान्छ। त्यसैले यो गलत बाटो केही मान्छे कराएर सही बाटो हुने होइन।’ 

    कलाकारलाई बहिष्कार गर्दा केही फरक नपर्ने भन्दै उनले आफ्नो काममा लागिरहनसमेत सुरक्षा पन्तलाई आग्रह गरे।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख १७ २०८२०५:०३:१९

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend