सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

रुपन्देहीमा छिमेकीको घरमा गएर महिलाले गरिन आत्महत्या, हत्या भएको परिवारको आशंका

रुपन्देहीमा छिमेकीको घरमा गएर महिलाले गरिन आत्महत्या, हत्या भएको परिवारको आशंका

  • मिडिया डबली डेक्स
  • बुधवार, बैशाख १७ २०८२

  • 1.0K
    SHARES

  • रुपन्देहीमा छिमेकीको घरमा गएर महिलाले गरिन आत्महत्या, हत्या भएको परिवारको आशंका

    रुपन्देही । रुपन्देहीको कञ्चनमा एक महिलाले छिमेकीको घरमा झुण्डिएर आत्महत्या गरेकी छन। आत्महत्या गर्नेमा जिल्ला रुपन्देही कञ्चन गाउँपालिका वडा नम्बर ४ स्थित थकाली चोक बस्ने अन्दाजी ४५ ४६ बर्षकी धनमाया बि.क. रहेको  प्रहरीका जनाएको छ । 

    मृतक बि.क.ले सोही वडा अन्तर्गत बरपिपल चोक बस्ने विनोद बि.कको घरको पछाडी बाहिर रहेको फलामको भर्याङ्गको चौथो सिंढीमा कपडाले आफ्नो घाँटीमा पासो लगाई एक खुट्टाले भुर्ईमा टेको लगाएको र अर्को खुट्टा भुईमा लट्रिएर झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ।

    घटनाको प्रकृति हेर्दा मृतकले आत्महत्या गरेको नभई सुनियोजित रुपमा हत्या गरी झुण्ड्याइएको हुनसक्ने मृतकका आफन्तले आशंका गरेका छन। पिडितहरुका अनुसार विनोद बि.क. र मृतक बि.क. आपसी सम्बन्धमा रहेको र विनोद बि.क.कै घरमा एकाएक झुण्डिएको अवस्थामा भेटिनु निकै शंकास्पद र आत्महत्या नभई हत्या भएको हुन सक्ने आशंका गरेका हुन।

    यता प्रहरीका अनुसार भने घटना भएको घर धनी विनोद बि.क.ले आफ्नो घरमा एक महिलाले आत्महत्या गरेका छन भनि ईलाका प्रहरी कार्यालय रुद्रपुरमा आज बिहान करिब सवा ६ बजेको समयमा जानकारी दिन आएको र निज बि.ककै सूचना अनुसार घटनास्थलमा पुग्दा महिलाले विनोद बि.ककै घर पछाडी रहेको भर्याङ्गमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जानकारी दिएको छ।

    मृतक महिला बिदेशबाट २० दिन अगाडी घर आएको र राती घरका आफन्त तथा परिवारसँग राती ९ बजेसम्म सँगै खानपिन गरी फर्किएको मृतकका भिनाजु झविलाल बि.क.ले जानकारी दिनु भएको छ। 

    मृतक बि.क. यस अघि पाल्पाका राजन सुनारसँग बिहे भएको र निजसँग सम्बन्ध विच्छेद गरी कञ्चनमै बस्दै आएको आफन्तले जनाएका छन। मृतकका आफन्तका अनुसार  विनोद बि.कसँग मृतकको केही दिन अगाडीदेखि लेनदेन सम्बन्धी विवाद हुदै आएको थियो। विनोद बि.क.ले पनि आफ्नो श्रीमतीसँग सम्बन्ध विच्छेदगरी एक्लै बस्दै आए थिए।

    पूर्व प्रहरी समेत रहेका विनोद बि.क. एन आई सी एशिया बैंक रुद्रपुर शाखामा सुरक्षा गार्डमा कार्यरत छन। बिकलाई आवस्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालयमै राखिएको र मृतकको शब पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलममा पठाइएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ।

    घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र घटनास्थलको अध्ययन र अनुसन्धान तथा पोष्टमार्टमको रिपोर्ट लगायत अनुसन्धानकोक्रममा प्राप्त हुने तथ्यांकका आधारमा थप जानकारी दिइने ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख १७ २०८२१२:५८:१९

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend