आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पाकिस्तानले अन्तर्राष्ट्रिय सीमामा युद्धविराम उल्लंघन गर्न थाल्यो : भारत

पाकिस्तानले अन्तर्राष्ट्रिय सीमामा युद्धविराम उल्लंघन गर्न थाल्यो : भारत

  • मिडिया डबली डेक्स
  • बुधवार, बैशाख १७ २०८२

  • 1.1K
    SHARES

  • पाकिस्तानले अन्तर्राष्ट्रिय सीमामा युद्धविराम उल्लंघन गर्न थाल्यो : भारत

    काठमाडौं । पहलगाम आतंकवादी हमलापछि भारतको कडा अडानबाट पाकिस्तान त्रासमा छ । उसले अन्तर्राष्ट्रिय सीमामा पनि युद्धविराम उल्लंघन गर्न थालेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

    यसअघि पनि पाकिस्तानले पाँच दिनदेखि नियन्त्रण रेखा (एलओसी) मा युद्धविराम उल्लंघन गर्दै आएको बताइएको छ । मंगलबार र बुधबार राति पाकिस्तानी चौकीहरूबाट गोली चलेको आवाज सुनिएको आज तकले समाचारमा उल्लेख गरेको छ । 

    यद्यपि, भारतले पाकिस्तानलाई उचित जवाफ दिइएको पनि समाचारमा बताइएको छ । पाकिस्तानले गरेको युद्धविराम उल्लंघनपछि, नियन्त्रण रेखाका धेरै क्षेत्रहरूमा गतिविधिहरू बढेको र  भारतीय सेनाले परिस्थितिमाथि नजिकबाट नजर राखिरहेको छ ।

    सीमावर्ती क्षेत्रहरूमा अपरेशनल अलर्ट जारी गरिएको छ ।वास्तवमा, पहलगाममा भएको आतंकवादी हमलापछि, भारत सरकार एक्सन मोडमा रहेको र पाकिस्तान विरुद्ध कडा निर्णय लिइरहेको छ।

    पछिल्ला केही दिन यता नियन्त्रण रेखा (एलओसी) मा तनाव बढ्दै गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख १७ २०८२११:३१:०६

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend