सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सहमती नजिक सरकार र शिक्षकबीचको वार्ता

सहमती नजिक सरकार र शिक्षकबीचको वार्ता

  • मिडिया डबली डेक्स
  • बुधवार, बैशाख १७ २०८२

  • 864
    SHARES

  • सहमती नजिक सरकार र शिक्षकबीचको वार्ता

    काठमाण्डौ । नेपाल शिक्षक महासङ्घ र सरकारबीच गएराति भएको वार्ता सहमति नजिक पुगेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राति अबेरसम्म भएको दुईपक्षीय बैठकले मन्त्रिपरिषद्बाट निर्णय गरी आउँदो बजेटमा शिक्षकका माग सम्बोधन गर्ने गरी सहमतिको प्रारम्भिक खाका तयार गरेको हो ।

    छलफलमा सरकारका तर्फबाट शिक्षामन्त्री रघुजी पन्त, शिक्षा सचिव दीपक काफ्ले, वार्ता संयोजक कृष्णप्रसाद काप्रीलगायत सहभागी हुनुहुन्थ्यो । यस्तै उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनुभएको थियो ।

    शिक्षक महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, महासचिव तुल थापा, सहअध्यक्ष नानुमाया पराजुलीलगायत सहभागी हुनुहुन्थ्यो ।

    अस्ति सोमवार भएको बैठकमा पूर्व शिक्षामन्त्री विद्या भट्टराईले तयार पारेको सात बुँदामा छलफल भएको थियो । त्यसमा थप दुई वटा थपेर नौ बुँदा बनाइ गएराति छलफल भएको र अब यसलाई अन्तिम रुप दिने तयारी छ ।

    शिक्षक महासङ्घले गएको चैत २० गतेदेखि गर्दै आएको आन्दोलनको आज २९ दिन भइसकेको छ ।

    महासङ्घका प्रदेश र जिल्ला अध्यक्षसँग सहमति लिएर मात्र सहमतिमा हस्ताक्षर गर्ने र आन्दोलन स्थगन गर्ने महासङ्घका उपमहासचिव रामप्रसाद ढकालको भनाइ छ ।

    शिक्षक आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र–२०८२ को शुरूदेखि नै पठनपाठन प्रभावित हुँदै आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख १७ २०८२०७:४१:५८

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend