काठमाडौं । २८ दिनदेखि आन्दोलन शिक्षकहरूले निषेधित क्षेत्र तोड्न प्रयास गरेका छन्। आज नयाँ बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र शिक्षकहरू तोड्न खोजेका हुन्।
शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दा सुरक्षाकर्मीहरूले रोके। उक्त बेला प्रहरी र शिक्षकबीच धकेलाधकेल भयो।
उनीहरूले भनेका छन्,‘बरु जागिर छोडिन्छ, निषेधाज्ञा तोडिन्छ।’
देशभरका शिक्षक कर्मचारीहरूले चैत २० गतेदेखि शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै गरेको काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।