सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

गाडिएको अवस्थामा बालकको शव भेटियो

गाडिएको अवस्थामा बालकको शव भेटियो

  • मिडिया डबली डेक्स
  • मंगलवार, बैशाख १६ २०८२

  • 486
    SHARES

  • गाडिएको अवस्थामा बालकको शव भेटियो

    कोहलपुर । दोस्रो बुवा र आमासँग बस्दै आएका एकजना ९ वर्षिय बालकको शव गाडिएको अवस्थामा फेला परेको छ । बाँकेको बैजनाथ गाउँपालिका—४ नौलापुरमा ९ वर्षिया कुशल बुढाको गाडिएको अवस्थामा शव भेटिएको हो ।

    घरबाट हराएको भनेर उजुरी आएको ८ दिनपछि कुशलको गाडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । कोहलपुर प्रहरीमा बालक हराएको भन्दै कुशलकि आमाले जाहेरी दिएकी थिइन् ।

    प्रहरीका अनुसार आफ्नो बुवाको सानै उमेरमा मृत्यु भएपछि मृतक कुशल उनका दोस्रो बुवा र आमा सहित कोहलपुर नगरपालिका ११ हरियाली मार्गमा भाडाको कोठामा बस्दै आएका थिए । स्थायी घर दैलेखको दुल्लु रहेका कुशलको आमाले दुल्लु नगरपालिका १० का निरक नाथ योगीसंग दोस्रो विहे गरेकी थिइन् ।

    मृत अवस्थामा शव भेटिएसँगै प्रहरीले कुशलका आमा र दोस्रो बुवालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । मृतक कुशल कोहलपुरमा माविमा अध्ययनरत थिए । घटनाको अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख १६ २०८२१०:५८:४६

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend