आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतले गर्‍यो लडाकू विमान खरिद गर्न फ्रान्ससँग सम्झौता

भारतले गर्‍यो लडाकू विमान खरिद गर्न फ्रान्ससँग सम्झौता

  • एजेन्सी
  • मंगलवार, बैशाख १६ २०८२

  • 882
    SHARES

  • भारतले गर्‍यो लडाकू विमान खरिद गर्न फ्रान्ससँग सम्झौता

    भारतले आफ्नो जलसेनाका लागि राफेल समुद्री लडाकू विमान खरिद गर्न फ्रान्ससँग सम्झौता गरेको छ । भारतले ६४ हजार कराेड भारु बराबरको २६ वटा लडाकु विमान खरिद गर्न आज फ्रान्ससँग सम्झौता गरेको भारतीय रक्षा मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

    यो खरिदलाई यस महिनाको शुरूमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको भारतको सुरक्षा मन्त्रिपरिषद्ले अनुमोदन गरेको थियो ।

    भारतले आफ्नो सेनालाई आधुनिकीकरण गर्ने, रुसी उपकरणहरूमाथिको निर्भरता घटाउने र पाकिस्तान र चीनसँगको दुई विवादास्पद सीमाहरूमा तैनाथ सेनाहरूलाई आपूर्ति गर्न घरेलु हतियार उत्पादन बढाउने प्रयास गरिरहेका बेला यो सम्झौता भएको खबरमा उल्लेख छ ।

    भारतीय जलसेनाले विगत एक दशकमा हिन्द महासागरमा चीनको बढ्दो उपस्थितिको बारेमा चिन्ता व्यक्त गर्दै आएको छ । राफेल–एमलाई विश्वको सबैभन्दा उन्नत नौसेना लडाकू विमानहरूमध्ये एक मानिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख १६ २०८२०८:२३:०३

    एजेन्सी

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend