सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अरुण नदीमा जीप खस्यो, ३ जना गम्भीर

अरुण नदीमा जीप खस्यो, ३ जना गम्भीर

  • मिडिया डबली डेक्स
  • सोमवार, बैशाख १५ २०८२

  • 450
    SHARES

  • अरुण नदीमा जीप खस्यो, ३ जना गम्भीर
    फाइल तस्बिर

    सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट धनकुटातर्फ जाँदै गरेको बोलेरो जिप अरुण नदीमा खस्दा ३ जना घाइते भएका छन्।

    सोमवार धर्मदेवी नगरपालिका–८ सुर्तीबारीमा प्रदेश १-०२-००२ च ४१०३ नम्बरको गाडी दुर्घटना हुँदा चालकसहित तीनजना गम्भीर घाइते भएका छन्। 

    बोलेर जिप दुर्घटना हुँदा खाँदबारी–९ का ४१ वर्षीय रमेश राई, मकालु गाउँपालिका–५ का २० वर्षीय चालक किरण गुरुङ र पैदलयात्री चैनपुर नगरपालिका–११ का ६६ वर्षीय ढोकरबहादुर पाण्डे घाइते भएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। 

    घाइते भएका तीनै जनाको उद्धार गरेर मनकामना सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए। प्रहरी उपरीक्षक बस्नेतका अनुसार धर्मदेवी –८ स्थित सुर्तीबारीमा पैदलयात्रीलाई ठक्कर दिएर गाडी अनियन्त्रित भइ अरुण नदीमा खसेको थियो। 

    घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटना भएको जिप अरुण नदीमा डुबेको र झिक्न सक्ने अवस्था नरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए।   

    अरुण नदीमा खसेको जिप निकाल्ने प्रयास भइरहेको छ। घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख १५ २०८२०७:१८:०५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend