धनगढी । कैलालीबाट हतकडीसहित फरार भएकी एक थुनुवा महिला भारतबाट पक्राउ परेकी छन्।
मानव बेचबिखन मुद्दामा पक्राउ परेर आइतबार जिल्ला सरकारी वकिलको कार्यालय कैलालीबाट फरार भएकी ५० वर्षीय मिना शाही दमाईलाई भारतको पलियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। दमाईलाई पलियामा लुकेको अवस्थामा पक्राउ गरिएको हो।
मानव बेचबिखन मुद्दामा पक्राउ परेकी दमाईलाई म्याद थपका लागि धनगढीको सरकारी वकिलको कार्यालय लगेका बेला भागेकी थिइन्। हतकडी सहित थुनुवा भागेको घटनामा दुई जना प्रहरीलाई कारवाही गरिएको छ।
दमाईलाई म्याद थपका लागि लगेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विष्टले बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।