सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

चट्याङ लागेर दुईजनाको मृत्यु

चट्याङ लागेर दुईजनाको मृत्यु

  • मिडिया डबली डेक्स
  • सोमवार, बैशाख १५ २०८२

  • 738
    SHARES

  • चट्याङ लागेर दुईजनाको मृत्यु

    काठमाडौं ।  कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा चट्याङ लागेर आइतबार दुईजनाको मृत्यु भएको छ। चट्याङ लागेर अन्नपूर्ण-११ स्थित त्रिवेणी ताल पदमार्गमा दुई मजदुरको मृत्यु भएको हो। 

    सङ्खुवासभाको सिलिचोङ गाउँपालिका- ४ का भरतकुमार राई र महेश राईको चट्याङ लागेर मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए। 

    त्रिवेणीताल पदमार्गमा नौ जनाले काम गरिरहेका वेला दिउँसो आएको हावाहुरी र पानीसँगैको चट्याङले उनीहरूको मृत्यु भएको हो। अरु कामदार भने सकुशल रहेको प्रहरीले जनाएको छ।

    मृतकको शव निकाल्न प्रहरी निरीक्षक राजकुमार केसीको नेतृत्वमा चार जनाको टोली त्यसतर्फ गएको छ। सोमबार बिहान शव निकाल्न शुरु हुने शर्माले जानकारी दिए।

    घटनास्थल पर्यटकीय गाउँ घान्द्रुकबाट चार घण्टा पैदलमा पुग्न सकिने गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख १५ २०८२०८:५४:०५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend