सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

  • मिडिया डबली डेक्स
  • सोमवार, बैशाख १५ २०८२

  • 369
    SHARES

  • जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु
    फाइल तस्बिर

    काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वरमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। चालकसहित दुईजना घाइते भएका छन् ।

    जिल्लाको असारे भन्ने स्थानबाट ठूलोपोखरीतर्फ जाँदै गरेको लु ३ च २३७७ नम्बरको जीप आइतबार राति १० बजेर १० मिनेटमा अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो।

    रैनादेवी छहरा गाउँपालिका-१ का ३१ वर्षीय चेतनारायण विक, ३६ वर्षीय दीपेन्द्र बुढा र २२ वर्षीय जनक रेगामी मगरको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी सुनिल मल्लले बताए। 

    डीएसपी मल्लका अनुसार जीपमा पाँचजना सवार थिए। चालक २७ वर्षीय रञ्जन रेश्मी मगरको अवस्था गम्भीर छ। २२ वर्षीय सरोज बुढा पनि घाइते छन्।  लुम्बिनी अस्पताल र मिसन अस्पताल पाल्पामा उनीहरूको उपचार भइरहेको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख १५ २०८२०७:१८:०८

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend