आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित

  • मिडिया डबली डेक्स
  • आइतवार, बैशाख १४ २०८२

  • 1.5K
    SHARES

  • प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित

    काठमाडौँ । प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले आफ्ना धारणा राखे । 

    त्यस्तै बैठकमा प्रतिनिधिसभा अन्तर्गतका अर्थ र कानुन न्याय तथा मानवअधिकार समितिका सभापतिले आज सदनमा प्रतिवेदन प्रस्तुत गरे । अर्थ समिति सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन,२०८१’ पेस गरे । 

    त्यस्तै कानुन न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ प्रस्तुत गरिन् । 

    बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपाल हवाइ सेवा प्राधिकरण विधेयक २०८१, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री अजय चौरासियाले नेपाल कानुन व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक २०८१ तथा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्किङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० प्रस्तुत गरे । 

    त्यस्तै बैठकले पूर्व राज्यमन्त्री तिर्थराम डङ्गोलको निधनमा प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गर्‍यो ।सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । 

    उनको उपचारका क्रममा शुक्रबार राति निधन भएको थियो ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख १४ २०८२०५:१७:३१

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend